पोखराका २२३ वटा स्कुल बसमा जाँच, १७ वटा कारबाहीमा

डिसी नेपाल
११ भदौ २०८१ २१:२४
24
Shares

गण्डकी। जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले आज पोखराका विभिन्न क्षेत्रमा चल्ने दुई सय २३ वटा स्कुल बसमा जाँच गरेको छ।

जाँचका क्रममा सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेका १७ वटा बसलाई ट्राफिक नियमअनुसार कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुुमार शर्माले जानकारी दिए।

जाँचका क्रममा सम्पूूर्ण चालकलाई ट्राफिक नियम उल्लंघनगरी सवारी नचलाउन सम्झाइबुझाइ गरिएको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *