धनराज गुरुङले ‘सहकारी सम्बन्धबिच्छेद’ गरेको माओवादी सांसद दाहालको आरोप

डिसी नेपाल
२५ भदौ २०८१ १६:१०
704
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहाल ‘राजन’ले कांग्रेस उपसभापति धनराज गुरुङको ‘सहकारी सम्बन्धबिच्छेद’ भएको बताएका छन्।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै दाहालले गुरुङ केही समयअघि सम्बन्धबिच्छेद भएको भनिएकी श्रीमतीसंग देखिएको भन्दै गुरुङको ‘सहकारी सम्बन्धबिच्छेद’ भएको बताएका हुन्।

१४ करोड पचाउनका लागि मात्रै गुरुङले कानूनी रुपमा सम्बन्धबिच्छेद गरेको उनले आरोप लगाए। दाहालले सहकारी ठगी प्रकरणमा गुरुङको संलग्नता देखिएकाले अनुसन्धान हुनुपर्ने बताए।

उनले सहकारी छानविन समितिमा सहकारी ठगीसम्बन्धी प्रयाप्त प्रमाणहरु जुटेको भन्दै कारवाहीका लागि सिफारिस गरिने बताए। छानविन समितिका सदस्य समेत रहेका दाहालले कसैलाई जोगाउने वा फसाउने नियत नराखेरै अन्तिम प्रतिवेदन तयार गर्ने जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *