रास्वपाको राष्ट्रिय भेलामा १५ सय प्रतिनिधि सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ गते हुने काठमाडौंमा हुने राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा पुगको जनाएको छ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रास्वपाले राष्ट्रिय भेलामा करिब १५ सय प्रतिनिधि हुने र भेलाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो। पत्रकार सम्मेलनमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले भेलालाई सफल बनाउन तयारी तीव्र रुपमा भइरहेको र प्रतिनिधिहरुको टुंगो लागेको जानकारी दिए। उनले राष्ट्रिय भेला महाधिवेशनको समेत तयारीका लागि आयोजना गरिएको र महाधिवेशनका बिषयमा आउने प्रश्नहरुको जवाफ भेलामार्फत दिने जिकिर गरे।
त्यस्तै बुर्लाकोटीले संवैधानिक परिषद्मा आफ्नो बहुमत पुराउन उपसभामुखलाई हटाउने षडयन्त्र भइरहेको बताए। पुरानो मितिमा लेखिएको पत्रका आधारमा अहिले विरोध जनाउने कुरा उचित नभएकाले रास्वपाले यसको विरोध गर्ने उनको भनाइ छ।
राष्ट्रिय भेलामा राजनीतिक, सांगठनिक प्रतिवेदन पेश गरिने र सबै प्रदेशका सभापतिहरुले पनि आ–आफ्नो प्रतिवेदन समेत प्रस्तुत गर्ने रास्वपाले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment