लागुऔषध बिक्रीको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

डिसी नेपाल
२७ भदौ २०८१ २०:१५
504
Shares

काठमाडौं। लागुऔषध बिक्रीको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पक्राउ परेका छन्। आफ्नो औषधि पसलबाट लागूऔषध बिक्री गरेको आरोपमा कास्की प्रहरीले उनलाई बिहिबार साँझ पक्राउ गरेको हो।

उनले सञ्चालन गरेको पोखराको दिया फार्मेसीबाट लागुऔषध बिक्री भएको खुलेपछि उनी पक्राउ परेका हुन्।

गत साउन ३ गते लागुऔषधसहित पक्राउ परेका प्रकाश थापा मगरमाथि अनुसन्धान गर्ने क्रममा श्रेष्ठको औषधि पसलबाट खरिद गरेको बताएपछि उनी पक्राउ परेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *