भारतीय वामपन्थी नेता यचुरीलाई श्रद्धाञ्जली दिन एमाले नेता पोखरेल भारत जाने

डिसी नेपाल
२८ भदौ २०८१ १७:३९
44
Shares

काठमाडौं। नेकपा एमालेले भारतीय कम्युनिस्ट नेता सीताराम यचुरीलाई श्रद्धाञ्जली दिन वरिष्ठ उपाध्यक्षलाई पठाउने भएको छ।

शुक्रबार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भारत पठाउने निर्णय गरेको हो। भारतीय कम्युनिस्ट नेता यचुरीको बिहीबार निधन भएको थियो। यचुरीको पार्थिव शरीरलाई जलाउने वा गाड्ने नगरी एम्स अस्पताललाई नै दिने परिवारले जानकारी दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

परिवारले शनिबार यचुरीको पार्थिव शरीर एम्स अस्पताललाई बुझाउने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *