करिब नौ करोड बराबरको मालवस्तु बंगलादेश निर्यात

डिसी नेपाल
३ असोज २०८१ २१:१६
40
Shares

भद्रपुर (झापा)। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा पूर्वी नाका काँकरभिट्टाबाट रु आठ करोड ९९ लाख २० हजार आठ सय एक बराबरको मालवस्तु बंगलादेश निर्यात भएको छ।

नेपाल पारवहन तथा गोदाम व्यावस्था लिमिटेड शाखा कार्यालय काँकरभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार सोही अवधिमा ६६ करोड ८४ लाख ३३ हजार एक सय ४२ बराबरको सामान बंगलादेशबाट आयात भएको छ।

कार्यालयको तथ्यांकअनुसार नेपालबाट मुख्य रुपमा खुदो बंगलादेश निर्यात भइरहेको छ। दुई महिनामा रु सात करोड ६७ लाख ८१ हजार ५२२ मूल्य बराबरको खुदो निर्यात भएको छ।

गोदाम व्यवस्था कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुुसार सो अवधिमा जुट, पेपर, औषधि, ब्याट्री, फेब्रिक एण्ड रेडिमेड ग्रामेन्ट, प्लास्टिक फर्निचरलगायत मालबस्तु बंगलादेशबाट आयात भएका छन्। सो अवधिमा सबैभन्दा बढी रु ४१ करोड ५७ लाख ८७ हजार छ सय ५२ मूल्य बराबरको जुट आयात भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *