वर्तमान सरकार उच्च समझदारीका साथ अगाडि बढेको छः प्रवक्ता महत

डिसी नेपाल
४ असोज २०८१ २०:३२
32
Shares

कैलाली। नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वमन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकार उच्च समझदारीका साथ अगाडि बढेको बताएका छन्।

नेपाल प्रेस युनियन, कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता महतले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको सहमति नै सरकार अघि बढेको र आगामी निर्वाचनसम्म सहमतिकै साथ जाने उल्लेख गरे।

उनले दुई पार्टीबीच भएको सातबुँदे सहमतिमा, संविधान संशोधन, यसको कार्यान्वयन, अर्थतन्त्र सुधारलगायतका विषय रहेको बताए।

नेता महतले नेपाली कांग्रेसले अहिले देशभर एक सय दिनको अभियान सुरु गरेको बताए। उनले यस अभियान पार्टी निर्माणमा केन्द्रित हुने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *