नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार

डिसी नेपाल
६ असोज २०८१ १६:१३
184
Shares

काठमाडौं। नेप्सेमा आज ११ अंकको वृद्धि भएको छ। आइतबार नेप्से ११ अंकले बढेर २५८८. ३५ विन्दुमा रोकिएको हो।

आज ३२५ कम्पनिको कारोबार हुँदा एक करोड २४ लाख ८५ हजार ७३१ कित्ता शेयर ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६९० को खरिद बिक्री भएको छ।

नेप्सेका अनुसार आज इस्टर्न हाइड्रो र अपर स्याङ्जा हाइड्रोको शेयर मुल्य सकारात्मक सर्किट लागेको छ। त्यस्तै, आज रावा इनर्जीको शेयर मुल्य सबैभन्दा बढी ८।६५ प्रतिशतले घटेको छ।

आज सबैभन्दा बढी सिइबिडी हाइड्रोको सबै भन्दा बढी २७ करोड ८० लाख २७ हजार ७१५ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै आज एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्डको शेयरको सबैभन्दा बढी ६ लाख ४७ हजार २०३ कित्ता शेयर कारोबार भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *