हुम्लाबाहेक देशभर डेंगी संक्रमण
काठमाडौं। हुम्लाबाहेक देशभर डेंगी रोगको संक्रमण देखिएको छ । डेंगी संक्रमणको जोखिम असोज महिनाभर हुने बताइएको छ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले असोजम्म पानी पर्ने भएकाले डेंगीको जोखिम हुने बताए। “साधारणतया डेंगी सङ्क्रमण जेठदेखि असोजसम्म हुने गर्दछ”, उनले भने, “त्यसपछि जाडो याम सुरु हुने भएकाले डेंगी सार्ने लामखुट्टे क्रमशः हराउँदै जान्छन्।”
प्रमुख डा दाहालका अनुसार अहिलेसम्म देशभर ११ हजार पाँच सय ४५ जनामा डेंगी रोगको सङ्क्रमण देखिएको छ । हालसम्म डेंगी रोगको सङ्क्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment