नेताको जिम्मेवारी हेरफेर गर्दै एकीकृत समाजवादी
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टी संगठनको संरचना र नेताहरुको जिम्मेवारी हेरफेर गर्ने भएको छ।
पार्टीका विभाग आयोगलगायत संरचनालाई पूर्णता दिने, जनवर्गीय संगठनका इन्चार्ज तथा भोगोलिक इन्चार्ज हेरफेर गर्ने तयारी गरिइएको हो। हालै सम्पन्न पार्टीको १०औं राष्ट्रिय महाधिवेशनका क्रममा सबै कमिटी विघटन गरिएको थियो।
महाधिवेशनले तत्कालीन पोलिटब्यूरो कमिटीलाई केन्द्रीय कमिटीमा मनोनित गरेको थियो। केन्द्रीय १८ पदाधिकारीसहित एक सय पाँच पोलिटब्यूरो सदस्य निर्वाचन प्रक्रियाबाट छनोट गरिएको थियो। केन्द्रीय सचिवालय गठन गर्न बाँकी रहेको पार्टीको सबै केन्द्रीय पदाधिकारीलाई स्थायी कमिटीमा लैजाने व्यवस्था छ।
नेताहरुको जिम्मेवारी तथा कार्यविभाजन तोक्न पार्टी अध्यक्ष माधव नेपाल नेतृत्वको कार्यदल गठन गरिएको थियो। सोही कार्यदलले नेताहरूको योगदान र सक्षमताको आधारमा कार्यविभाजन गरी सम्बन्धित जिम्मेवारीमा परिचालन गर्ने जनाइएको छ।
कार्यदलले विभागीय नेतृत्वदेखि जिल्ला इन्चार्जसम्म तोक्ने छ। नेताहरूको कार्यविभाजनपछि देशभर सङ्गठन सुदृढीकरणका कार्यक्रम तथा भेला, प्रशिक्षण सञ्चालन गरिने सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment