नेप्सेमा ३२ अंकको गिरावट, ४ अर्ब ८४ करोडको कारोबार
काठमाडौं। नेप्सेमा आज ३२ अंकको गिरावट आएको छ । विहिबार नेप्से ३२.८१ अंकले घटेर २४८६.७६ विन्दुमा रोकिएको हो।
आज ३२२ कम्पनिको कारोबार हुदा एक करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयर ४ अर्ब ८४ करोड १४ लाख ७ हजार ७२० को खरिद बिक्री भएको छ।
नेप्सेका अनुसार आज वीन नेपाल लघुवित्तको शेयर मुल्यमा सबै भन्दा बढी ९.८५ प्रतिशतले बढेको छ । त्यस्तै, आज ग्रीन भेन्चर लिमिटेडको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ।
त्यसैगरी आज अपि पावरको सबै भन्दा बढी ४७ करोड ९९ लाख ६७ हजार २२४ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै आज अपि पावरकै शेयरको सबैभन्दा बढी १६ लाख ६८ हजार ३७४ कित्ता शेयर कारोबार भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment