साउन महिनामा रेमिट्यान्स १८ प्रतिशतले बढ्यो
काठमाडौं। चालु आर्थिक बर्षको साउन महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १८ प्रतिशतले बढेको छ।
नेपाल राष्ट्रबैंकका अनुसार साउन महिनामा विप्रेषण आप्रवाह १८ प्रतिशतले वृद्धि भई १३६ अर्ब ९३ करोड पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment