लगातार बढ्दै सुनको मूल्य, तोलाको एक लाख ६१ हजार नाघ्यो
काठमाडौं। सुनको मूल्यमा लगातार वृद्धि भएको छ।
आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर तोलाको एक लाख ६१ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो। यस अघि बिहीबार सुनको मूल्य एक लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदीको मुल्य १९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment