सहकारी ठगीका फरार आरोपित ढोरपाटनका मेयर दिल्लीमा पक्राउ

डिसी नेपाल
११ असोज २०८१ १६:३८
1.1k
Shares

काठमाडौं। सहकारी ठगी प्रकरणमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीमा पक्राउ परेका छन्। रेडकर्नर नोटिस जारी भएका मेयर नेपालीलाई भारतीय सुरक्षाकमीले पक्राउ गरेर नेपाललाई जानकारी गराएको बताइएको छ ।

भारतीय सुरक्षाकर्मीसँग समन्वय गरेर नेपाल ल्याउने तयारी गरेको प्रहरीले जनाएको छ । बाग्लुङको इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष समेत रहेका नेपालीले बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेको छ।

सहकारीका बचतकर्ताको करिब रु दुई अर्ब बचत रकम हिनामिनाको आरोप लागेपछि २०८० जेठ ५ मा उनी सम्पर्कविहीन भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *