अरुण तेस्रोको डाइभर्सन टनेल भरियो, तटीय क्षेत्र जोखिममा

डिसी नेपाल
१२ असोज २०८१ १०:३५
44
Shares

संखुवासभा। संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको अस्थायी ड्याम (डाइभर्सन टनेल) भरिएपछि तटीय क्षेत्रमा जोखिम बढेको छ।

लगातार पानी परेपछि अरुण नदीमा आएको बाढीले अरुण तेस्रो जलविद्युत आयोजनाको डाइभर्सन टनेल भरिएपछि प्रशासनले सर्तक रहन आग्रह गरेको छ।

मकालु गाउँपालिका-५ फ्याक्सिन्दामा निर्माणाधीन बाँध निर्माण क्षेत्रको टनेल भरिएको र पानीको सतह बढेपछि तटीय क्षेत्र जोखिममा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए।

प्रहरी प्रमुख श्रेष्ठका अनुसार अरुण तेस्रो जलविद्युत परियोजनाको डाइभर्सन टनेल भरिएर पानीको सतह बढेका कारण अरुण नदीको तटीय क्षेत्रमा जोखिम बढेको हो।

माथिल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको कारण अरुण नदीमा पानीको सतह बढेपछि अरुण नदी किनार आसपासका बस्तीमा जोखिम बढेको हो।

डाइभर्सन टनेलबाट भरिएका कारण अरुण नदी आसपासका तटीय क्षेत्रमा जोखिम बढेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। माथिल्लो क्षेत्रमा लगातार वर्षा भइरहेका कारण तटीय क्षेत्रमा जोखिम बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तटीय क्षेत्रमा जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालयले सर्तक रहन आग्रह गरेको हो।

२६ मिटर अग्लो बाँधमा पानी भरिएर करिब तीन किलोमिटरसम्म ताल बनेको छ।

अरुण नदीलाई बहाव परिवर्तन गरी चार सय २९ मिटर लामो डाइभर्सन टनेलमार्फत अरुण नदी मोडिएको थियो। आयोजनाको बाँध निर्माणका लागि अस्थायी बाँध निर्माण गरी डाइभर्सन टनेलमार्फत नदी बग्दै आएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *