नारायणगढ-मुग्लिन-नागढुंगा सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक

डिसी नेपाल
१२ असोज २०८१ १९:३४
144
Shares

चितवन। नारायणगढ-मुग्लिङ-नागढुंगा सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै सो सडकमा सवारी सञ्चालनमा पूर्ण रोक लगाएको हो।

सूचनामा नारायणगढ-मुग्लिङ- नागढुंगा सडकखण्ड पहिरोको जोखिम कायमै रहेको हुँदा हाललाई उक्त सडक खण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएकोले सम्पूर्ण सवारी धनी एवम् यात्रु महानुभावहरुलाई सो सडकखण्ड हुँदै सवारी नचलाइदिन तथा यात्रा नगरी यथास्थानमै बसी सुरक्षित रहन अनुरोध गरिएको छ।

साथै चितवन प्रशासनले शुक्रबार काठमाडौंतर्फ जान हिँडेका सवारी साधनहरु मौसम प्रतिकूलताका कारण भोलिसम्म आँपटारीमै रोकिनु पर्ने अवस्था भएकोले सबै यात्रुहरुमा धैर्यधारण गरि बसिदिन साथै सडकको अवस्थाका विषयमा जानकारी लिनुपरेमा नजिकको प्रहरी कार्यालय एवम् ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

साथै मनसुन सक्रिय रही देशका विभिन्न भागमा मेघ गर्जनरचट्याङसहित भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ । विगत दुई दिनदेखिको अविरल वर्षाका कारण चितवन जिल्लाभित्रका विभिन्न स्थानहरु डुवानमा परेको तथा जिल्ला भई वहने नदी तथा खोलाहरुमा जल सतहले खतराको तह पार गरेको र नदी तथा खोलाहरुको वहाव अझै बढ्न सक्ने सम्भावना रहेको हुँदा अत्यावश्यक काम परेमा बाहेक नदी तटीय क्षेत्रमा आवतजावत नगर्न तथा अन्य क्रियाकलाप नगर्न नगराउनु अनुरोध गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *