बाग्मती करिडोरमा रहेको प्रिन्टिङ उद्योगमा ठूलो क्षति

डिसी नेपाल
१५ असोज २०८१ ७:४७
68
Shares

काठमाडौं। दुई दिनसम्म परेको अविरल बर्षाका कारण बाग्मती करिडोरमा रहेको एक प्रिन्टिङ उद्योगमा ठूलो क्षति पुगेको छ।

तयारी अवस्थामा राखेका कागजी सामाग्री र उद्योगमा रहेको मेसिन पूर्ण रुपमा क्षति पुगेको हो। व्यक्तिगत रुपमा सञ्चालन गरेको रिलिज पब्लिकेशन उद्योगभित्र बाढी पस्दा करिब ३ करोड बराबरको क्षति पुगेको त्यसका प्रबन्धक कुबेर खड्काले जानकारी दिए।

असोज १२ गते शनिवार आएको बाढी उद्योग भित्र पस्दा प्रिन्टिङ मेसिन, केमिकल, कागज, मसी, लगायतका विभिन्न उपकरणमा पूर्णतः क्षति पुगेको उद्योगका प्रबन्धक खड्काले बताएका छन्।

उनका अनुसार अहिलेको अवस्थामा करिब ३ करोड क्षति भएको र मेसिन कागज लगायतका प्रिन्टिङ सामाग्रीहरु काम नलाग्नेगरी नोक्सानी भएको छ। ‘कारखानका प्रयोग हुने केमिकल, छपाई गरेर राखेको पुस्तक, मेसिन, कम्प्युटर, मसी, कागज लगायतका सबै सामाग्रीहरु नोक्सानी भएको छ’, खड्काले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *