कोशी ब्यारेजको मर्मत गरिँदै

डिसी नेपाल
१७ असोज २०८१ १८:४८
64
Shares

इनरुवा। यही असोज ११ र १२ गते सप्तकोशीमा आएको बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत सम्भार गर्न थालिएको छ। बाढीबाट ब्यारेजको विभिन्न ठाउँ भत्किएको थियो।

मुलुकको पूर्वी पहाडी जिल्लाहरुमा अत्यधिक वर्षाभएपछि कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकण्ड ६ लाख ९१ हजार क्युसेकसम्म मापन गरिएको थियो। सप्तकोशीको पानी कोशी ब्यारेज माथिबाट बग्न थालेको थियो। बाढीका कारण ब्यारेजको विभिन्न भागमा क्षति गरेपछि मर्मत थालिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।

सप्तकोशी नदीमा पानीको बहाव क्रमिकरुपमा घट्दै गएको छ। पानीको बहाव घटेपछि भत्किएका संरचनाको मर्मत सम्भार सुरु गरिएको प्रजिअ तिवारीले बताए। कोशी ब्यारेजको मर्मत सम्भारको काम भारतीय पक्षले गर्न थालेको उनले बताए।

अहिले कोशी ब्यारेजमा पानीको बहाव घटेर प्रतिसेकेण्ड एक लाख ३८ हजार क्युसेक पुगेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। वर्षाको सम्भावना अझै कायमै रहेकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *