बाइस लाख रकमसहित सीमा नजिकबाट दुईजना पक्राउ

डिसी नेपाल
१७ असोज २०८१ २०:१०
88
Shares

जलेश्वर। महोत्तरीको दुई दिनयता स्रोत नखुलेको रु २२ लाखसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

मटिहानी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकबाट प्रहरीले आज रु १० लाखसहित एकडारा गाउँपालिका–४ का २३ वर्षीय ललित महरालाई पक्राउ गरेको हो। ज७प ७६२८ नम्बरको मोटरसाइकलमा चढेर भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त रकमसहित सशस्त्र प्रहरी बल मटिहानीको टोलीले पक्राउ गरेको हो।

त्यसैगरी बुधबार प्रहरीले स्रोत नखुलेको रु १२ लाखसहित सम्सी गाउँपालिका–६ का ४२ वर्षीय शेष हसमत अलीलाई पक्राउ गरेको थियो। प्र२–०२–००५प ५९९५ नम्बरको मोटरसाइकलमा उक्त रकम बोकेका हसमतलाई जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाकट्टीको टोलीले मनरासिश्वा नगरपालिका–२ भोल्ही चोकबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धन तथा कारबाही प्रक्रिया थालिएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *