बीपी राजमार्ग २ सातापछि खुल्यो
काठमाडौं । काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो बीपी राजमार्ग २ सातापछि खुलेको छ । बाढीपहिरो र डुबानले तहसनहस बनाएको राजमार्ग भौतिक पूर्वाधार मन्त्रालय, सडक विभाग र स्थानीय तहहरूको निरन्तरको प्रयासबाट आज बिहानदेखि गाडी सुचारू भएको हो ।
रोशी क्षेत्रको मंगलाटार बोक्सीकुनामा डाइभर्सन बनाइएको छ । बाढीपहिरोले भत्केबिग्रिएको अन्य ठाउँमा पनि कल्भर्ट बनाएर, ठाउँठाउँमा खोला डाइभर्सन गरेर तत्काललाई सवारीसाधन निर्वाध चल्ने गरी मर्मत गरिएको छ।
दशैंको टीकाको अघिल्लो दिन सडक खुलेपछि आउजाउ गर्नेहरुलाई सहज भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment