रास्वपाले शुक्रबारदेखि काठमाडौं केन्द्रित प्रदर्शन गर्ने

डिसी नेपाल
८ कार्तिक २०८१ १८:५४
248
Shares

काठमाडौं। सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई हिरासतमा राख्ने म्याद सात दिन थप भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ।

गत शनिबारदेखि पोखरा केन्द्रित प्रदर्शन गरिरहेको रास्वपाले शुक्रबार अपराहन्न १ बजे माइतीघरमा प्रदर्शन गर्ने जानकारी दिएको छ।

गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका रवि हाल कास्की प्रहरीको हिरासतमा छन्। पहिले ६ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत कास्कीले आजमात्रै थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

सडक प्रदर्शन गरेर लामिछानेलाई छुटाउने प्रयास गरेको रास्वपाले पोखरामा स्थानीय जनताको साथ पाउन सकेको थिएन। स्थानीयको सहभागिता नभएपछि रास्वपाका नेताहरुले घरदैलो समेत गरेर भिड जम्मा गर्ने प्रयास गरेका थिए। तर त्यो पनि असफल भएपछि अब उनीहरुले काठमाडौंमा प्रदर्शन गर्ने भएका हुन्।

रास्वपाले लामिछानेलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरेको आरोप लगाउँदै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *