सुदूरपश्चिमका पूर्वमन्त्री वीरबहादुर थापाको राजीनामा स्वीकृत, प्रदेशसभा सदस्य पद रिक्त
काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री एवं नेकपा एमालेका तर्फबाट प्रदेशसभा सदस्य बनेका वीरबहादुर थापाको राजीनामा स्वीकृत भएको छ।
यससँगै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित थापाको प्रदेशसभा सदस्य पद रिक्त भएको छ भने प्रदेशसभामा एमालेको प्रतिनिधित्व एक सिटले घटेको छ।
पूर्वभूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री रहेका थापाले गत मंगलबार प्रदेशसभाबाट बजेट पारित भएलगत्तै आफ्नो पदबाट राजीनामा दिएका थिए। प्रदेशसभा सचिवालयले उहाँको राजीनामा पत्र प्राप्त भएको तीन दिनपछि स्वीकृत गर्दै पद रिक्त भएको सूचना जारी गरेको हो।
बजेट निर्माण तथा पारित गर्ने प्रक्रियाका क्रममा देखिएको असन्तुष्टि र विवादका कारण थापाले पदबाट राजीनामा दिएका थिए। आफ्ना निर्वाचन क्षेत्रमा पर्याप्त विकास योजनाहरू समेट्न नसकिएको र बजेट प्रक्रियामा असहमति रहेको जनाउँदै उनले नैतिकताका आधारमा सांसद पद त्यागेको बताएका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment