खुर्कोटमा यात्रुवाहक बस दुर्घटना, ९ जना घाइते

डिसी नेपाल
३० असोज २०८३ १५:२०
60
Shares

सिन्धुली । काठमाडौंँबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार शुक्रबार दिउँसो बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी नौ जना यात्रु सामान्य घाइते भएका छन् ।

प्रहरीका अनुसार खाना खाएर यात्रुहरूलाई बसमा चढाउने क्रममा गाडी पछाडि सार्दा दुर्घटना भएको हो ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *