साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने !

डिसी नेपाल
१३ कार्तिक २०८१ १७:५६
120
Shares

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार हुने नेपाल र बंगलादेशबीचको साफ महिला च्याम्पियनसिपको फाइनल खेलको टिकट बिक्रीका लागि नयाँ व्यवस्था गरेको छ।

एन्फाले यसअघि सेमिफाइनल खेलमा टिकट बिक्रीको अधिकार पाएको माउन्ट एभरेष्ट टिकट स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिले रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै अनलाइन टिकट बिक्री बन्द गरेको थियो।

१५ हजार दर्शक क्षमता रहेको रंगशालामा १८ हजारभन्दा बढीलाई प्रवेश दिएको पाइएपछि एन्फाले हस्तक्षेप गरेको छ। अब टिकट बुधबार विहान ८ बजेदेखि जावलाखेलको फुटबल मैदान, एन्फा कम्प्लेक्स र भद्रकाली आर्मी गेटबाट विक्री हुने भएको छ। एन्फाले फाइनल खेलको अधिकतम १० हजार टिकट विक्री गर्ने जनाएको छ। एन्फाले एक व्यक्तिलाई भिआइपी तर्फको २ र साधारण तर्फको ५ टिकट मात्र किन्न पाउने बताएको छ।

एन्फाका अनुसार अब फाइनलको टिकट अनलाइन टिकट बिक्री नहुने भएको छ साथै एन्फाले यसअघि अनलाइन खरिद गरेकाको पैसा फिर्ता गर्ने जनाएको छ।

रंगशालामा भिआइपीतर्फको एक हजार र साधारणतर्फ ५०० रुपैयाँ टिकट दर तोकिएको छ । फाइनल खेल बुधबार साँझ साढे ६ बजेदेखि दशरथ रंगशालामा हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *