अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

डिसी नेपाल
१८ कार्तिक २०८१ २२:३१
136
Shares

अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-११ डिभर्नामा इन्डियन नं प्लेटको कार दुर्घटना हुदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

यहाँस्थित ढुङ्गे देउरालीमा आइतबार साँझ एचआर ५५ एयु ८७९३ नं को कार दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मालारानीबाट सन्धिखर्क आउँदै गरेको कार दुर्घटना भएको र कार पूर्ण रूपमा क्षतिग्रस्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। घटनाको थप विवरण आउन बाँकी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *