‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने नेपाली फिल्म
काठमाडौं। फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ।
फिल्मले प्रदर्शनको १३औँ दिन मंगलबारसम्म देशभर २५ करोड ४ लाख कमाएर नयाँ किर्तिमान बनाएको हो। ‘पूर्णबहादुरको सारङ्गी’ ले यसअघि धेरै कमाउने फिल्म ‘कबड्डी ४’ को २३ करोड ५० लाखको किर्तिमान तोडेको हो।
वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले मंगलबारसम्म फिल्मले २५ करोड ४ लाख ग्रस कमाई गरेको जानकारी दिएको छ। कमाईको किर्तिमानसँगै फिल्मले सर्वाधिक शो पाउने फिल्म पनि बनेको छ। फिल्म एकै दिन ४८० भन्दा बढी शो पाएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment