काँग्रेसले कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा चौधरीलाई उम्मेदवार बनाउने

डिसी नेपाल
२९ कार्तिक २०८१ १६:०१

धनगढी । नेपाली काँग्रेस कैलालीले जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा टीका कुमारी चौधरी (भुल) लाई उम्मेदवार बनाउन प्रदेश समितिमा सिफारिस गरेको छ ।

आज बसेको बैठकले प्रमुख पदमा उम्मेद्वार बनाउन कैलारी गाउँपालिकाकी वडा सदस्य चौधरीको नाम सिफारिस गरेको हो। उनी कैलारी गाउँपालिका वडा नम्बर २ बाट दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।

कार्यसमितिको बैठकले उनको एकल नाम सिफारिस गरेको जिल्ला सचिव केशव मिश्रले जानकारी दिए। २०७९ साल पुस २३ गते समन्वय प्रमुख पदम कलेलको निधन भएपछि कार्यवाहक प्रमुखको भरमा समन्वय समिति चलिरहेको थियो ।

यहाँ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका जनप्रतिनिधिको मतदान गर्न पाउने छन् । समन्वय समितिको निर्वाचन मंसिर १६ गते हुँदैछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *