युवा मामिलासम्बन्धी अमेरिकी विशेष दूत नेपालमा
काठमाडौं। संयुक्त राज्य अमेरिकाका युवा मामिलासम्बन्धी विशेष दूत एबी फिनकेनाउर नेपाल आएकी छन्।
विशेष दूत फिनकेनाउरले नेपाल भ्रमणको क्रममा नेपाली युवा नेतृत्वकर्तासँग भेटघाट गर्ने तथा लोकतन्त्र र नागरिक संलग्नता प्रवर्द्धन गर्ने युवा केन्द्रित कार्यक्रममा सहभागी हुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ।
उनको मुख्य भूमिका युवाको आवाजलाई प्रबल बनाउनु र उनीहरूसँग अर्थपूर्ण सम्बन्ध स्थापना गर्नु हो। यसले लोकतन्त्रको प्रवर्द्धन र प्रगतिको लागि मार्ग प्रशस्त गर्नेछ।
फिनकेनाउरको यो भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रगाढ बनाउनुका साथै युवालाई लोकतान्त्रिक भविष्य र समृद्ध नेपाल निर्माणमा सहयोग गर्ने दूतावासले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment