रवि लामिछानेलाई पुनः पोखरा ल्याइयो

डिसी नेपाल
३० कार्तिक २०८१ १६:३६
44
Shares

गण्डकी। सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज भैरहवाबाट पोखरा ल्याइएको छ।

बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका लामिछानेलाई भैरहवामा बयान सकिएपछि आज पोखरा ल्याइएको हो।

अनुसन्धानका सन्दर्भमा उनलाई गत मगंलबार पोखराबाट भैरहवा लगिएको थियो। आज दिउँसो १ः३० बजे यति एअरलाइन्सको विमानबाट उनलाई पोखरा ल्याइएको कास्की प्रहरीका प्रवक्ता बसन्तकुुमार शर्माले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *