पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा आज सार्वजनिक विदा
काठमाडौँ । सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले सोमवार शोक विदा दिने निर्णय गरेको छ ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
बैठकले पूर्व सभामुख ढुंगानाको निधनमा श्रद्धाञ्जली व्यक्त गरेको छ र उनको पार्थिव शरीरको सोमबारै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय पनि गरेको छ। स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झण्डा झुकाउने पनि निर्णय भएको छ ।
No ads found for this position
प्रतिक्रिया


Facebook Comment