कोशीमा पहिचान पक्षधरहरुद्वारा पुनः आन्दोलन घोषणा
विराटनगर। कोशी प्रदेशको नामाकरणको विरोध गर्दै आएको प्रदेश १ पुनः नामांकन संयुक्त संर्घष समितिले नयाँ चरणको आन्दोलनको घोषणा गरेको छ।
प्रदेश १ पुनः नामाकंन संयुक्त संर्घष समितिले सोमबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी चैत्र १० गते भित्र कोशी प्रदेशको नाम खारेजी र पुनः नामांकन प्रक्रिया शुरु नगरे प्रदेश सांसदलाई निषेध गर्ने देखि प्रदेश सभा घेराउ, मुख्यमन्त्री कार्यालय घेराउ तथा अनिश्चितकालीन हडताल गर्नेसम्मका आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलनमा बोल्दै संयुक्त संर्घष समितिका संयोजक एवं किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले आफूहरुको नामाकरणको आन्दोलन कोशी प्रदेशको पुनः नामाकरण नभएसम्म जारी रहने बताए।
यसैगरी कोशीको नाम र लेटर प्याड चलाउने कर्मचारीलाई पनि कारवाही गर्ने संयुुक्त संघर्ष समितिले चेतावनी दिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment