उपनिर्वाचनमा उम्मेदारी दिएकाको उजुरी बारे आयोगले आज निर्णय गर्दै
काठमाडौं। मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको कार्यक्रम आज निर्वाचन आयोगले उम्मेदवारविरुद्ध परेको उजुरी बारे निर्णय गर्ने र उम्मेदवारको नामावली सार्बजनिक गर्ने कार्यक्रम रहेको छ।
आयोगले आज अपराहन्न ५ बजेसम्म उम्मेदवारको मनोनयन पत्र र उजुरी बारे छानबिन गरेर निर्णय गर्ने बताएको छ। यस अघि आयोगले सोमबार मनोनयन गरेका उम्मेदवारको उजुरी आव्हान गरेको थियो। त्यस्तै आयोगले आजै साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गर्ने बताएको छ।
त्यस्तै आयोगले बुधबार उम्मेद्वारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशित गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यसूची रहेको जानकारी दिएको छ।
यस अघि आइतबार उपनिर्वाचन हुने ४४ स्थानीय तहमा ४१० उम्मेदवारले मनोनयन दर्ता गरेका थिए। अहिले रक्त रहेका ४४ स्थानीय तहमा उपनिर्वाचन हुन लागेको छ। जसमा जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिका प्रमुख एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन,र ३५ वटा वडामा वडाध्यक्ष पद रिक्त रहेको छ।
उपनिर्वाचन हुने स्थनीय तहमध्ये सबै भन्दा धेरै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन्। कांग्रेसबाट निर्वाचित पालिका प्रमुख तीन जना, जिल्ला समन्वय समिति प्रमुख २ जना उपप्रमुख,उपाध्यक्ष तीन जना र वडाअध्यक्ष १६ जना छन् भने नेकपा एमालेबाट निर्वाचित ७ जना वडाअध्यक्ष छन्।
माओवादीबाट निर्वाचित २ जना उपाध्यक्ष र ६ जना वडा अध्यक्षको निधन भएको छ भने जसपाबाट निर्वाचित एक जना र स्वतन्त्रबाट निर्वाचित एक जना वडा अध्यक्षको निधन भएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment