सांसद एकनाथ ढकालद्वारा फिलिपिनो सभामुखसँग भेट
काठमाडाैं। प्रतिनिधि सभाका सदस्य तथा पूर्व मन्त्री एकनाथ ढकालले मित्र राष्ट्र गणतन्त्र फिलिपिन्सका महामहिम सभामुख फेर्डिनाण्ड मार्टिन जी रोमुअल्देज़सँग शिष्टाचार भेट गरेका छन्।
भेटमा नेपाल र फिपिपिन्सको द्विपक्षीय हित तथा पारस्परिक सम्बन्ध थप मजबुत बनाउने बारे छलफल भएको सांसद ढकालको सचिवालयले जनाएको छ। उनीहरुको भेट केन्द्रवादी लोकतान्त्रिक पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलनको अबसरमा भएको हो।
नेपाल र फिलिपिन्स बीच सन् १९६० मा कुटनैतिक सम्बन्ध सथापना भएको हो। भेटमा फिलिपिनो राजदुत पनि सहभागी थिइन। सभामुख फेर्डिनाण्ड फिलिपिन्सको सत्तापक्षीय पार्टी लकासको नेता हुन् भने पूर्व मन्त्रि ढकाल नेपाल परिवार दलको सस्थापक हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment