डडेल्धुरामा जिप दुर्घटना हुँदा दुईको मृत्यु, ९ जना घाइते

डिसी नेपाल
४ मंसिर २०८१ १८:२८
32
Shares

डडेल्धुरा । डडेल्धुरामा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा दुई महिलाको घटनास्थलमै मृत्यु भएको र नौ जना घाइते भएको प्रहरीले जनाएको छ।

परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा जिप दुर्घटना भएको हो। कञ्चनपुरको महेन्द्रनगरबाट सलेना आउँदै गरेको लु१ज ४५७९ नम्बरको जिप सडकबाट ३० मिटर तल खसेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेलाई उपचारका लागि धनगढी लगिएको प्रहरीको भनाइ छ। मृतक र घाइतेको सनाखत हुन सकेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *