एकीकृत समाजवादीले कीर्तिपुरको मेयरमा माओवादी केन्द्रलाई समर्थन गर्ने

डिसी नेपाल
५ मंसिर २०८१ १७:४२
108
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रलाई समर्थन गर्ने भएको छ।

बुधबार एकीकृत समाजवादीले विज्ञप्ति जारी गर्दै एसबाट उम्मेदवारी दिएका भानु रिजालको उम्मेदवारी निष्कृय बनाएको जानकारी दिएको हो।

पार्टी अध्यक्ष माधवकुमार नेपाल आफैंले बुधबार विज्ञप्ति जारी गरी रिजालको उम्मेदवारी निष्क्रिय भएको र माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई सघाउने उल्लेख गरेका छन्। सोही नगरपालिकाको वडा नम्बर ४ को वडाध्यक्षमा भने नेकपा (एस) की उम्मेदवार रिता खड्काको उम्मेदवारी कायम रहने विज्ञप्तिमा उल्लेख छ।

तर, उक्त वडामा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिने नारायण विष्टको उम्मेदवारीबारे स्पष्ट भएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *