भारतीय सेना प्रमुख र नेपालका लागि भारतीय राजदूतबीच भेटवार्ता
काठमाडौं । भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी, पीभीएसएम, एभीएसएम पाँच दिने भ्रमणका बुधबार लागि काठमाडौं आइपुगेका छन्।
नेपाल आएसँगै जनरलले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटघाट गरेका छन्। सो क्रममा भारत र नेपालबीचको द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।
नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने विशिष्ट परम्परालाई सम्मान गर्न उनी नेपाल भ्रमणमा आएका हुन्।
यसअघि उनलाई नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलका तर्फबाट उपरथी मधुकर सिंह कार्की र नेपालका लागि भारतीय रक्षा सहचारी कर्णेल वी सुब्रमण्यमले विमानस्थलमा स्वागत गरेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment