स्रोत नखुलेको ६ लाख रकमसहित एक जना पक्राउ

डिसी नेपाल
५ मंसिर २०८१ २२:२५
72
Shares

रौतहट । प्रहरीले रौतहटको सदरमुकाम गौरबाट स्रोत नखुलेको ६ लाख रकमसहित एक जनालाई पक्राउ गरेको छ।

गौर नगरपालिका–१ स्थित राईसमिलको पूर्वतिरको बाटो हुँदै गौर बजार आउँदै गरेका ५४ वर्षीय वीरेन्द्रकुमार जैसवाललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेकोमा बुधबार सार्वजनिक गरिएको हो।

पक्राउ परेका जैसवालविरुद्ध अदालतबाट म्याद थपेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *