टीआरसी र बेपत्ता आयोगको काम छिटो पूरा हुनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

डिसी नेपाल
५ मंसिर २०८१ २३:५०
16
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले टीआरसी र बेपत्ता आयोगको काम छिटो पूरा हुनुपर्ने बताएका छन्। बुधबार शान्ति सम्झौता १८ वर्ष पुगेको सन्दर्भमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

‘शान्ति-सम्झौताको १८ बर्ष पूरा हुँदा सबैले टीआरसी र बेपत्ता आयोगको काम (धारा ५.२.५) नसकिएकोमा चिन्ता गर्छौं। गर्नैपर्छ। त्यो छिटो पूरा हुनैपर्छ,’ उनले भनेका छन्।

शान्ति सम्झौताको अर्को पक्ष राजनीतिक आर्थिक रुपान्तरणका प्रावधानलाई पनि कार्यान्वयन गर्नुपर्ने उनको धारणा छ।

शान्ति सम्झौताको धारा–३ मा उल्लेखित सो प्रावधान कार्यान्वयन नहुँदा लाखौ युवाहरु देश छोडेर विदेश जान बाध्य भएको बताउँदै भट्टराईले उनीहरूलाई देशलाई भ्रष्टाचारमुक्त गर्न र समृद्ध नेपाल निर्माणका लागि अघि बढ्न आग्रह गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *