भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिन्ह तथा खड्ग प्रदान गरेका छन्।
प्रधान सेनापति महारथी अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल भ्रमणमा आएका सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति पौडेलले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री मानवीर राईलगायत विशिष्ट महानुभावको उपस्थिति रहेको थियो। भारतीय स्थल सेनाका सेनाध्यक्ष द्विवेदी बुधबार नेपाल आएका हुन्।
नेपाल–भारतबीचको सैनिक सम्बन्धको निरन्तरता स्वरुप दुवै देशले दुवै देशका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment