मिटरब्याज असुल्ने व्यापारीमाथि चक्कु प्रहार
बुटवल । मिटर ब्याज असुलेको आरोपमा दाङस्थित घोराहीका एक व्यवसायीमाथि चक्कु प्रहार भएको छ।
बिहीबार बिहान घोराहीको विपी चोकस्थित सञ्जिवनी कलेजका शिक्षकसँग ऋण असुल्न गएका बेला नेकपा बहुमतका कार्यकर्ताले धनबहादुर बस्नेतको नाकमा चक्कु प्रहार गरेका हुन्।
घाइते बस्नेत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराएर घर फर्किसकेका छन्। आक्रमणमा संलग्न नेकपा बहुमतका कार्यकर्ता फरार रहेका र खोजी भइरहेको दाङ प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment