मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा बिहीबार दिउसो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का ३३ वर्षीय वर्षीय दीपक धिमाल र कानेपोखरी गाउँपालिका–४ रमाइलोका अन्दाजी २८ वर्षीय किशोर गुरुङको मृत्यु भएको हो। दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उपचारका लागि धिमाललाई उर्लाबारीकै अरनिको अस्पताल र गुरुङलाई मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएकोमा उनीहरूको उपचारकै क्रममा ज्यान गएको हो।
दुर्घटनामा कानेपोखरी–४ का अन्दाजी २६ वर्षीय अमृत लिम्बू र पथरीशनिश्चरे–५ का ३८ वर्षीय विष्णु धिमाल घाइतेका छन्।
उनीहरूको उर्लाबारीमा सम्भव नभएपछि उनीहरूलाई थप उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment