मंसिर १७ मा चीन भ्रमणमा जान्छु : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ गतेमा आफू नेतृत्वको टोली चीन भ्रमणमा निस्किने बताएका छन्।
शुक्रबार दरबारमार्गमा नेकपा एमालेले आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको टोली १७ गते चीनको भ्रमणमा जान लागेको जानकारी दिएका हुन्।
उनले भ्रमणलाई अत्यन्तै सफल तुल्याउने दाबीसमेत गरेका छन्। ‘मैले भ्रमणलाई अत्यन्तै सफल तुल्याउने छु। भ्रमण कसरी सफल भयो भन्ने विषय फर्किएपछि थाहा हुनेछ। यतिकै चीन यसो घुमेर आऊँ भनेर जान लागेको होइन। देशको भलाइका लागि भ्रमण हो,’ उनले भने।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment