दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा आठ घाइते
दैलेख। कर्णाली राजमार्गको दैलेख सडकखण्ड, आठविस नगरपालिका-३ सिस्नेमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।
बसको ब्रेक फेल भई भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
जुम्लाबाट टीकापुर गइरहेको ना४ख ६०५६ नं को बस दुर्घटना भएको हो।
राजमार्गमै बस पल्टिएका कारण सडक अवरुद्ध हुँदा आवागमन रोकिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख टोपबहादुर महताराले जानकारी दिए। घाइतेलाई उपचारका लागि सुर्खेत पठाइएको छ। बसमा ३२ जना सवार थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment