बाबुरामले गरे प्रधानमन्त्री ओलीका बुबाको शीघ्र स्वास्थ्यलाभको कामना

डिसी नेपाल
८ मंसिर २०८१ १८:०६
208
Shares

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद आज अस्पताल भर्ना भएका छन्। फोक्सोमा समस्या देखिएपछि ओलीका बुबा त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्। उपचाररत् ओलीको स्थास्थ्य लाभको कामना गर्दै भट्टराईले आफ्नो बुबालाई पनि आज वीर अस्पताल भर्ना गरिएको जानकारी गराएका छन्।

‘हामीले पनि आफ्ना ९५ बर्षीय बुबालाई आज मात्रै वीर अस्पतालमा भर्ना गरेका छौं! हामी नेपालीहरूको पनि औसत आयु क्रमशः बढ्दै गएको र ज्येष्ठ नागरिकहरूको संख्या स्वत: बढ्दै जाने अवस्थामा छुट्टै ज्येष्ठ नागरिक अस्पताल अथवा त्यो नभएसम्म सबै अस्पतालहरूमा छुट्टै वार्डको व्यवस्था गरौं न’ उनले भनेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *