मुक्तिनाथ पुगे भारतका स्थल सेनाध्यक्ष द्विवेदी

डिसी नेपाल
८ मंसिर २०८१ १८:०८
192
Shares

काठमाडौं। नेपालको औपचारिक भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी शनिबार मुक्तिनाथ मन्दिर पुगेका छन्।

उनले मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको भ्रमण र त्यहाँ पूजा-अर्चना गरेका नेपाली सेनाले जनाएको छ।

शनिबारै उनले कास्कीको पोखरास्थित पश्चिम पृतना हेडक्वार्टरको भ्रमण गरे। उनलाई पृतनापति उपरथी सन्तोषबल्लभ पौडेलले पश्चिम पृतनामा स्वागत गरेका जनसम्पर्क तथा सूचना निर्देशनालय जंगीअड्डाले जानकारी गराएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *