प्रतिनिधिसभा सचिव अधिकारीले दिए राजीनामा
काठमाडौं। सभामुख देबराज घिमिरे कम्बोडियामा रहेको बखतमा प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन्।
सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा रहेको बेला अचानक सचिव अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन्।
नेपाल सरकारका पूर्व सचिव रहेका अधिकारी ५ महिनाअघि मात्र प्रतिनिधि सभामा सचिव नियुक्त भएका थिए। संसद् सचिवालयको भावि महासचिवको बलियो दावेदारको रुपमा हेरिएका अधिकारीले राजीनामा दिएको विषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
गत असार १७ गते अधिकारीलाई सभामुख देवराज घिमिरेको सिफारिसमा प्रतिनिधि सभा सचिवमा नियुक्त गरिएको थियो।
पूर्व शिक्षा सचिव रहेका अधिकारीलाई सभामुख घिमिरेको जोडबलमै सचिवमा नियुक्त गरिएको थियो। तर, जिम्मेदवारी सम्हालेको पाँच महिनामा नै उनले स्वास्थ्य अवस्थालाई देखाउँदै राजीनामा दिएको स्रोतले जनाएको छ।
गत असार १७ गते मात्र अधिकारीलाई सभामुख घिमिरेले प्रतिनिधि सभा सचिव नियुक्त गरेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment