नेपाल प्रहरीका आठ एसएसपी डिआइजी बढुवामा सिफारिस

डिसी नेपाल
१० मंसिर २०८१ ९:१३
792
Shares

काठमाडौं। नेपाल प्रहरीका आठ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा सिफारिस भएका छन्।

गृह मन्त्रालय बढुवा सिफारिस समितिको आइतबार राति बसेको बैठकले रिक्त आठ दरबन्दीमा बढुवा सिफारिस गरेको बढुवा समिति सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले बताए।

बढुवा हुनेमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको ब्याचमेटबाट तीन जना एसएसपी छन्। उनीहरू २०५१ सालमा भर्ना भएका ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द छन्। यसपटक बढुवा नभएको खण्डमा उनीहरू एसएसपीबाटै अवकाशमा जान्थे।

यस्तै, २०५३ सालको भर्ना टोलीबाट सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक छन्।

यो टोलीबाट भावी प्रहरी महानिरीक्षकमा एक जना पुग्ने सम्भावना छ। २०५४ सालको टोलीका तीन जना एसएसपीको चर्को दबाबबीच यो बढुवा निस्केको हो।

२०५४ सालको टोलीका एसएसपी ईश्वर कार्की प्रधानमन्त्री केपी ओलीनिकट, राजेन्द्रप्रसाद भट्ट गृहमन्त्रीनिकट र दिनेश आचार्य प्रधानमन्त्री र प्रहरी महानिरीक्षक कुँवरनिकटहरूले आफ्नो बढुवाका लागि चर्को दबाब दिएका थिए।

उनीहरू तीन जनालाई समावेश गर्नकै लागि संगठन व्यवस्थापन (ओएन्डएम) गरी गृह मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको थियो। अर्थ मन्त्रालयमा ओएन्डएम अनिर्णीत रहेको स्रोतले बतायो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *