पासपोर्ट सेवा पूर्ण सञ्चालनमा आउन दुई साता लाग्ने
काठमाडौं । राहदानी (पासपोर्ट) सेवा पूर्ण रूपमा सञ्चालनमा आउन अझै दुई साता लाग्ने राहदानी विभागले जनाएको छ।
यही मंसिर ६ गतेदेखि राहदानी आवेदन प्रणालीमा समस्या आएको र यसको पूर्ण समाधानका लागि दुई साता लाग्ने विभागले सूचनामार्फत जनाएको हो।
विभागबाट आंशिक रूपमा सेवा प्रारम्भ गरिएको सूचनामा उल्लेख छ। यसअघि नै फारम भर्ने सेवाग्राहीलाई सेवा प्रदान सुरू गरिसकिएको समेत विभागले जनाएको छ।
एक-दुई दिनभित्रमा नयाँ आवेदन फारम भर्नका लागि बुकिङ खुला गरिने विभागलेको भनाइ छ।
विभागले राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरमा भाइरस प्रवेश गरेको प्रारम्भिक निष्कर्ष निकालिएको बताएको छ।
सतर्कता अपनाउनुपर्ने भएकोले जिल्ला, इलाका प्रशासन र विदेशस्थित नियोगमा राहदानी सेवा बन्द गर्नुपरेको विभागलेको भनाइ छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment