माघे संक्रान्तिलाई लक्षित गर्दै रौतहटमा धमाधम ‘भेली’ बनाइँदै (तस्बिर)
रौतहट। माघे संक्रान्तिलाई लक्षित गरेर तराईका जिल्लामा भेली बनाउने कामलाई तीव्रता दिइएको छ। रौतहटको सुन्दरपुर गाउँमा १६ वटा भेली बनाउने साना उद्योग सञ्चालनमा छन्।
तराईमा उखुको राम्रो खेती हुने भएकाले पनि ती जिल्लाहरुमा भेली बनाउने व्यवासाय सञ्चालनमा रहेका छन्। ‘पहिला हाम्रो गाउँ वारि पारि जताततै उखु खेती हुन्थ्यो।
घर घरमा भेली बनाउने उद्योग थियो, तर अहिले चिनी मिल खुल्न थालेपछि अहिले भेली उद्योग बन्द हुने अवस्थामा पुगे,’ एक व्यापारीले भने। रौटहतका भेली उद्योग सञ्चालनका लागि सर्लाहीबाट पनि उखु ल्याउने गरिन्छ। तराईमा भेली र काठमाडौंमा चाकु भनिन्छ।









No ads found for this position
प्रतिक्रिया


Facebook Comment