मन्थली-काठमाडौं उडान सेवा बन्द

डिसी नेपाल
११ मंसिर २०८१ ७:०१
248
Shares

रामेछाप। दुई महिना अगाडिबाट रामेछापको मन्थलीमा उडान शुरु गरेका बिमान कम्पनीहरुले मन्थली-काठमाण्डौं उडान सेवा बन्द गरेका छन्। मन्थलीबाट काठमाण्डौं र काठमाण्डौंबाट मन्थलीका लागि उडान तालिका नभएको भन्दै बिमान कम्पनीहरुले उडान बन्द गरेका हुन्।

गत असोज १२ गतेको भिषण बाढीका कारण बिपी राजमार्ग बगाएपछि यातयात सम्पर्क टुटेको रामेछाप जिल्लामा असोजको तेश्रो सातादेखि निजी बिमान कम्पनीहरुले दैनिक एक उडान गर्दै आएका थिए।

तारा एयर, समिट एयर र सिता एयरले उडान गर्दै आएको मन्थली बिमानस्थलमा बिगत दुइसातादेखि काठमाडाैंका लागि उडान सेवा बन्द भएको छ। बिना सूचना बिमान कम्पनीहरुले उडान बन्द गरेपछि जहाजको टिकट लिएका यात्रुहरु समेत अलपत्र परेका थिए।

जलश्रोत, उर्जा तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङसहित जिल्लाबासीहरुको तीब्र दबाब पछि उडान शुरु गरेका बिमान कम्पनीहरुले अहिले उडान सेवा बन्द गरेपछि सर्वसाधारणहरु मारमा परेका छन्।

बिमान कम्पनीहरुले उडान सेवा बन्द भएको घोषणा नगरेको भएपनि अहिले उडान तालिका नभएको भन्दै मन्थलीबाट काठमाडाैं र काठमाडाैंबाट मन्थलीका लागि उडान सेवा बन्द गरेका छन्। तर तिनै एयसलाइन्सहरुले मन्थलीबाट लुक्लाका लागि भने दैनिक ४० भन्दा बढी उडानहरु गर्दै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *